‘डान्सबारमा केटी मिलाइदिने’ वाहानामा संग्लन ६ पक्राउ
काठमाडाैं | पुस २४, २०७९
काठमाडौं: डान्सबारमा केटि मिलाइदिने वाहानामा संग्लन ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं ठमेल क्षेत्रमा केटी मिलाउने भन्दै सामाजिक अपराधमा संग्लन ६ जनालाई प्रहरीले पक्राउ गरेका हो ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा धादिङ घर भई हाल काठमाडौं बस्दै आएका ४२ वर्षीय नारायण कार्की, नुवाकोट घर भएका २२ वर्षीय विशेष थापा, नुवाकोटकै ३१ वर्षीय दिपेश तामाङ, ललितपुर घर भएका २२ वर्षीय कृष्ण तामाङ, सिन्धुली घर भएका २८ वर्षीय अर्जुन कटुवाल र बैतडी घर भएका २५ वर्षीय यज्ञराज जोशी रहेका छन् ।
पक्राउ परेका उनीहरुले साँझको समयमा डान्सबारमा छिराइदिने, यौनजन्य कार्यको लागि केटि मिलाइदिने भन्दै सर्वसाधरणलाई दुःख दिदै आएका थिए ।
पक्राउ परेका उनीहरुलाई अभद्र व्यवहार सम्बन्धि कसुरमा आवश्यक कारवाहीको लागि प्रहरी वृत्त, लैनचोर पठाइएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

